arrow

तानसेन नगरको बजेट ६९ करोड

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ २९ बिहिबार
tansen-nagar.jpg

पाल्पा । तानसेन नगरपालिकाको प्रथम नगर सभाबाट पारित बजेट ,निति तथा कार्यक्रमको विहिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । तीन दिन सम्म सञ्चालन भएको नगर सभाले तानसेन नगरपालिकाको ६९ करोड ११ लाख ३१  हजार ९ सय ४७ रुपैयाँ बराबरको बजेट स्विकृत गरेको छ । नगर सभाबाट आन्तरिक आय तर्फ ४ करोड ६४ लाख ८० हजार, नेपाल सरकारबाट प्राप्त निशर्त अनुदान २३ करोड ८२ लाख ४७ हजार , विषयगत कार्यलय तर्फ १९ करोड २९ लाख ४४ हजार ,सामाजिक सुरक्षा भत्ता तर्फ ५ करोड जस्ता मुख्य शिर्षकहरुमा बजेट विनियोजन गरिएको छ ।

नगर परिषद्ले सडक निर्माण, कृषि, पर्यटन, संस्कृति संरक्षण, युवा स्वरोजगार , ब्यवस्थित बस्ती , खानेपानी तर्फ तानसेनका उपभोक्ताहरुलाई चर्को महसुल बाट राहत दिलाउन खानेपानी उपभोक्ता समिति सँग सहकार्य गर्ने गरि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तानसेन नगरका प्रवक्ता दामोदर घिमिरेले  बजेट निति तथा कार्यक्रम सार्वजनिकरण गर्दै नगरका विपन्न , सिमान्तकृत तथा अल्पसङख्यक परिवारलाई निशुल्क स्वास्थ्य  विमाको लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको बताए  ।

नगरपालिकाले यसै आर्थिक वर्षमा राष्ट्रिय पत्रकारीता पुरस्कारका लागि ५ लाखको अक्षयकोष स्थापना गरेको छ । बजेट,निति तथा कार्यक्रममा नगर प्रमुख अशोक कुमार शाहीले पर्यटन विकासका लागि श्रीनगर लाई ब्यबस्थापनका क्रममा निजि क्षेत्र सँग समन्वय गरि सेन कालीन भगनावशेष दवार निर्माण गरिने , नगर लाई पलाष्टीक मुक्त्त बनाउने कार्यमा कडा रुपमा कार्यन्वयन गर्ने , दशै लगत्तै सडक निर्माण कार्यलाई तिव्रता दिने , यस वर्षलाई सडक वर्षका रुपमा मनाउने, निर्माण कार्य सम्पन्न भए पछि प्रयोगमा नआएको ल्याण्ड फिल्ड साईड सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

 तानसेनको अब्यवस्थित बसपार्कलाई वनदेवी क्षेत्रमा ब्यवस्थित बसपार्कको निर्माण गर्ने निति तथा बजेट कार्यक्रममा समावेश गरिएको छ । नगर सभाले नगरको आय सो्रत बृद्धि गर्नको लागि करको दर भन्दा दायरा फराकीलो बनाएको छ । नगर प्रमुख  शाहीले कृषिउपज प्रवद्र्धन तथा बजारीकरण , साप्ताहिक पशु तथा कृषि हाटबजार ब्यवस्थापन गरिने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ