arrow

एमालेको चुनावी कार्यक्रम सार्वजनिक

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका जिल्लामा हुने चुनावी कार्यक्रम तय भएको छ । 

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भई नेताहरु खटिएका हुन् । अध्यक्ष ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायत चुनावीसभा र कार्यक्रमलाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता झलनाथ खनालको सोही दिन बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । 

नेता माधवकुमार नेपाल प्रदेश नं २ का विभिन्न जिल्लामा सक्रिय रहिआएका छन् । आफ्नो गृह जिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारसँग घरदैलो पनि गरिरहेका छन् । उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा रहनेछन् । 

महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी छन् । उनी शुक्रबार सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रित रहनेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ