arrow

उपप्रधानमन्त्री महरा भन्छन् – सरकारले आचारसंहिता उल्लंघन गरेको छैन

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

चितवन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् ।  

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताए । उपप्रधानमन्त्री महराले भने “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।” 

आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताए । 

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उनले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताए । 

उनले भने “आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।” पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन शुक्रबार बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आएका हुन् । 

निजी नम्बरको गाडीमा उनी चितवनको माडी हुँदै ठोरीतर्फ गएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ