arrow

उत्तर कोरियाले फेरि जापानी टापुमाथि क्षेप्यास्त्र प्रहार गर्‍यो

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
north-korea-missile2.jpg

सियोल । उत्तर कोरियाले जापानी टापुमाथि फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको होकाइदो टापुको आकाशमाथि उडेको थियो । 

यो उत्तर कोरियाको जापानमाथि दोस्रो क्षेप्यास्त्र प्रहार हो । 

शुक्रबार बिहान स्थानीय समय ७ः१६ बजेतिर मिसाइल प्रहार गरिएको जनाइएको छ ।  होकाइदो टापुको उत्तरी भागमा केहीबेर उडेर प्रशान्त महासागरमा खसेको जनाइएको छ । 

उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। 

यसअघि २९ अगष्टमा उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र पनि होकाइदो टापुमाथि उडेर प्रशान्त महासागरमा खसेको थियो। 
 
जापानी प्रधानमन्त्री सिन्जो आबेले आफ्नो देशले उत्तर कोरियाको हर्कत कुनै पनि हालतमा नसहने प्रतिक्रिया दिएका छन् । विज्ञप्ति जारी गर्दै आबेले भनेका छन्, ‘उत्तर कोरियाले यही हर्कत दोहोर्‍याइरहने हो भने उसको भविष्य छैन ।’

अमेरिकी विदेशमन्त्री रेक्स टेलर्सनले पनि उत्तर कोरियाको कदमको कडा प्रतिवाद गर्नुपर्ने बताएका छन् । 

Japanese PM Shinzo Abe speaks to reports in Tokyo (15 Sept 2017)

A TV screen in Tokyo, Japan, display a projected path of the North Korean IRBM, 14 September 2017

North Korean leader Kim Jong-un in this undated photo released by North Korea's Korean Central News Agency (KCNA) in Pyongyang September 3, 2017.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ