arrow

असन्तुष्टदललाई निर्वाचनमा सहभागि गराउनु सरकारको महत्वपुर्ण उपलव्धि : कांग्रेसका नेता केसी

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
arung-narshing-kc-nc-congress].jpg

विराटनगर। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान कार्यान्वयको चरणको अवस्थामा पार्टीका शिर्ष नेताहरुले चुनावी प्रणाली परिवर्तनको कुरा झिकेर संविधान कार्यान्वयमा संकट उत्पन्न गराउने खोजेको बताएकाछन्।

प्रेस युनियन मोरङले विराटनगरमा आज  गरेको पत्रकार सम्मेलनमा नेता केसीले  धर्मको कुरा, चुनावी प्रणाली परिवर्तन लगायतका कुरा गर्दा संविधान कार्यान्वय अपठायारो पर्ने भएकाले राजनीतिमा धर्म र जातियताका कुरा समावेश गराउन नहुने बताए। 

नेता केसीले संविधानलाई पहिलो चरणमा कार्यान्वय गरेर चुनावी प्रणाली परिवर्तनका विषयमा खुल्ला रुपमा कुरा गर्न सकिने बताए।  नेता कसीले भने ‘चुनावी प्रकृया महगो भयो रुवरुप परिर्वतन गर्नु पर्छ भने चुनावको मुखमा अहिले भन्ने समय यो उचित छैन। यस्ता कुरा उठाउनले संविधान कार्यान्वयलाई नै चुनैती दिने हो भन्ने मरो वुझाई छ’ नेता केसीले भने।

उनले अहिलेको संसदले संविधान संशोध नगर्ने संभावना नभएको बताए। नेता केशीले आवश्यकता अनुसार  संविधान संशोधन हुदै जाने भन्दै निर्वाचनपछी वन्ने नयाँ संसदले संशोधन प्रस्ताव अघि वढाउने बताए।

असन्तुष्ट मधेशवादीदललाई निर्वाचनमा सहभागी गराउनु सरकारको ठुलो उपलव्धी भएको भन्दै नेता केशीले यसले संविधान कार्यान्वयनमा सहज भएको बताए। उनले असन्तुष्टदललाई राजनीतिको मुलुधारमा ल्याउनु ऐतिहासिक उपलव्धि भएकाले यसले तराई हिमाल पाहाड विचको एकतालाई जोडने काम गरेको बताए। 

माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको चुनावी प्रकृया महगो बन्दै गएको भन्दै प्रत्येक्ष निर्वाचित कार्यकारी र समानुपाति निर्वाचन प्रणाली अपानाउनु पर्ने बताउदै आएका थिए। एक अर्को प्रसंगमा नेता केसीले दुई नम्वर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई टिकट वितरणमा एक पक्षिय रुपमा भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ