arrow

माघ ५ अघि नै मधेस मुद्धा सम्बोधन हुने

माघ ५ गते संसद बैठक बस्नु अघि नै मधेसका मुद्धा सम्बोधन गर्ने निर्णय गरेको छ ।

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Meeting.jpg.jpeg
काठमाडौं । प्रमुख तीन दल एकीकृत नेकपा (माओवादी), नेकपा (एमाले) र नेपाली काँग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले माघ ५ गते संसद बैठक बस्नु अघि नै मधेसका मुद्धा सम्बोधन गर्ने निर्णय गरेको छ ।

बैठकमा तीन दलबीच मधेसी मोर्चासहतिको कार्यदलको रिपोर्टमाथि छलफल भएको थियो । आइतवारसम्म उक्त रिपोर्टमाथि तीन दलले साझा धारणा बनाउने भएका छन् ।

असोजदेखि संविधानको विषयलाई लिएर मधेसी दलहरु आन्दोलनमा उत्रिएपछि पटक पटक वार्ता बसेपनि समस्या समाधान ननिस्केको बेला प्रमुख तीन दलले यो निर्णय गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ