arrow

स्वस्थ्य भएर चुनावी मैदानमा फर्किए निधि

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
Nidhi1.jpg

जनकपुरधाम(धनुषा) । जनकपुरको चुनावी प्रचारप्रसारको क्रममा अस्वस्थ बनेका निधि सामान्य उपचारपछि चुनावी मैदानमा फर्किएका छन् ।
 
 जनकपुरको नगररिक्रमापछि जनक चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा निधि अचानक बेहोस भएका थिए ।
 
 निधि विहिबार बिहान पार्टीले जनकपुरमा निकालेको रोड शो (सडक प्रदर्शन) मा पनि सक्रिय थिए । स्थानीय गोपाल धर्मशालाबाट सरु भएको रोड शोले जनकपुर नगर क्षेत्रको करिब ४ किलोमिटरभन्दा बढी परिक्रमा गरेको थियो ।

सो क्रममा अस्वस्थ बने पछि उनलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।  केही दिन पूर्व उपचार गरेर स्थानीय चुनावमा होमिएका निधि डिहाइड्रेसनका कारण वेहोस भएको जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
 
बिहिबार केही  अस्पतालमा उपचार गराएर उनि घर फर्किए र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् ।  उपचारपछि बिहिबार नै निधिले पार्टीका कार्यकर्ता, स्थानीय वुद्धिजीवी र विभिन्न क्षेत्रकार तदातासँग भेट गरी अन्तरक्रिया गरेका छन् ।

उनले भन‍े, “म स्वस्थ्य छु र चुनावी अभियानमा सक्रिय छु । लगातारको खटाईले थकान भएको हो अरु केही भएको होइन ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ