arrow

सुविसु क्यान कमटेकमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता

कम्पनीहरुद्धारा आकर्षक छुट र अफरको घोषणा

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
can-comtech.jpg

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहिवारदेखि सुरु भएको “सुबिसु क्यान कमटेक २०१७”को दोस्रो दिनपनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको छ ।  सञ्चार प्रविधि र सुरक्षा सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कमटेक मेलाका प्रायोजक र सहभागी कम्पनीहरुले आफ्ना सेवा र वस्तुमा आकर्षक योजना ल्याएकाले अवलोकनकर्तामा उत्साह बढेको दावी आयोजकले गरेको छ । आयोजकले विभिन्न कम्पनीहरुले मेलाको अवसरमा ल्याएका आकर्षक अफरहरु का कारण अवलोकनकर्ताहरुले राहतको अनुभूति गरेको अपेक्षा राखेको छ ।  

असोज १ गतेसम्म सञ्चालन हुने सो मेलाको शीर्ष प्रायोजक सुविसु केवलनेटले ल्याएको हाइ स्पिड इन्टरनेरनेट र क्लियर टिभीको विशेष अफरमा अवलोकनकर्ताको  विशेष आकर्षण देखिएको छ । सुबिसुले कमटेकलाई लक्षित गर्दै १२ सय रुपियाँमा ७ एमबीको अनलिमिटेड फाइबर इन्टरनेट ल्याएको छ । साथै ६० एमबिपिएसको इन्टरनेट २ हजार १ सय ३० एमबिपिएसको इन्टरनेट एक हजार ७ सय र १० एमबिपिएसको इन्टरनेट एक हजार ४ सय रुपियाँमा उपलब्ध गराएको छ । साथै सुबिसुले २०० भन्दा बढी डिजिटल र एचडी च्यानलहरू ल्याएको घोषणा गरेको छ ।

कमटेकको डायमन्ड स्पोन्सर नेपाल टेलिकमको फ्रि सिम अफरमा पनि सेवाग्राहीको घुईचो लाग्यो । टेलिकमले ५० रुपैयाँमा ५० कै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ भने फोरजी इन्टरनेट सेवाबारे पनि जानकारी गराएको छ । गोल्ड स्पोन्सर नेटिसले पछिल्ला मोडलका राउटर र स्विचहरु विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।

प्रिन्ट स्पोन्सर हाइसेन्सले आफ्ना फोरके स्मार्ट टिभीसहित विभिन्न इलेक्ट्रोनिक्स प्रडक्टहरुको विशेष प्रदर्शनी गरिरहेको छ । प्रदर्शनीकै अवसर पारेर सागर ग्रुपले ४ ओटा अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याएको छ । सागरले ब्रदरका प्रिन्टर, क्यासपरस्की २०१८, एनइसीका प्रोजेक्टर र पिएबिएक्स, कोनिका माइनोल्टा ब्रान्डको एथ्री साइजको फोटोकपी मेशिनहरु लगायतका नयाँ प्रविधिहरु पनि आकर्षक छुटसहित राखेको छ ।

यसपटकको कमटेकमा आउने अवलोकनकर्ताका लागि निकै आकर्षक स्किम पनि छ । ५० रुपैयाँको टिकेट खरिद गरेर मेला आउँदा सनराइज बैंकले २ सय रुपैयाँको बैंक खाता खोल्न पाउने सुविधा दिएको छ ।

साथै खल्ती पेमेन्ट सिस्टमले हरेक दिन लक्की ड्रमार्फत् २० इन्चको टिभी उपहार दिइरहेको छ । त्यस्तै दराज एपबाट ल्यापटपको खरिदमा ३० प्रतिशत छुटका साथै ६ महिना निःशुल्क वाइफाईको समेत व्यवस्था गरेको छ । राजेश मोबाइल स्टोरद्वारा सिजी, एमआई, ओप्पो लगायतका फोनहरुमा ८ देखि १२ प्रतिशतसम्मको छुट र निशुल्क बिमा समेत उपलब्ध गराएको छ । कमटेकमा साथी कम्प्युटरस् द्वारा ल्यापटपको खरिदमा ल्यापटपका एसेसरिज सामानहरू सित्तैमा उपलब्ध गराइरहेको छ ।

कमटेक २०१७ मा सेक्युरिटी प्रडक्टहरुको मुख्य आकर्षण रहेको छ । आप्सा नेपालले छुट्टै प्याभिलियन छुट्ट्याएर सेक्युरिटी प्रडक्टहरुको प्रदर्शनी गरेको छ । यसमा पनि बारकोड नेपाल, इंक प्रालिले सेक्युरिटीका सम्पूर्ण प्रोडक्ट प्रदर्शनीमा राखेको छ । अत्याधुनिक सेक्युरिटी स्क्यानर मेसिन, एक्स रे सुरक्षा निरीक्षण गर्ने मेसिन, बायोमेट्रिक टाइम एटेन्डेन्सलगायतका प्रविधि कमटेकमा टच एन्ड फिल गर्न सकिन्छ । प्याभेलियनमा अबलोकनकर्ताहरुले इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन्सका उपकरणहरु सिसिटभी, एक्सेस कन्ट्रोल सिस्टम, सेन्सर र अलार्म, स्टाफ एटेडेन्स, फायर एन्ड स्मोक डिटेक्टर, फायर फाइटर आदिको अवलोकन गर्न सक्ने छन् ।
 
त्यस्तै क्लाउड लिंक एन्ड सेक्युरिटीले भ्युसोनिक पिजेडी ५१५४ मोडलको प्रोजक्टर मात्रै ४२ हजार रुपैयाँमा उपलब्ध गराएको छ । साथै विभिन्न आइटी तालिम प्रदायक संस्थाहरुले मेला अवधिभर दर्ता गरेका विद्यार्थीका लागि आकर्षक छुट ल्याएका छन् । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी कुल ८७ स्टल रहेका छन् ।

कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ