arrow

प्रचारको अन्तिमदिन मधेश झरेका ओलीले भने 'यहाँको समृद्धिबारे कसैले चूँसम्म बोलेका छैनन्' 

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
kp-ji.jpg

काठमाडौं । सधैंभरी उत्तेजक भाषण दिने नेकपा एमालेका अध्यक्ष केपी ओलीको शुक्रबारको भाषण भने खासै उत्तेजक थिएन । विशेषगरी मधेशको विषयमा उत्तेजक भाषण दिएर अन्य समुदायको मन जित्ने ओली शुक्रबार त्यही मधेशमा पुग्दा आफू मधेस विरोधी नभएको स्पष्टीकरण दिनमै धेरै समय खर्चिए । 

उनले तराई मधेशको सच्चा पार्टी नै एमाले भएको दाबी पनि गरे । अन्य दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दल मधेशको नाममा ठगी खाने जत्थामात्र भएको भन्दैउनले तराई मधेशको विकासका एमाले नेतृत्वको सरकारले विशेष कार्यक्रम सहित धेरै बजेट छुट्याएको बताउँदै त्यस्तो बजेट अन्य दलले २० वर्षसम्म पनि छुट्याउन नसकेको ठोकुवा गरे ।  

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको चुनावी प्रचारमा पुगेका अध्यक्ष ओलीले एमालेका बारेमा मधेशमा ठुलो भ्रम फिँजाएको तर, यो भ्रम अव जनता नै चिर्ने समेत बताए  । त्यस्तै, महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गरे। उनले विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्छ भने । 

एक वर्षअघि आपूm प्रधानमन्त्री छँदा बजेट नै विनियोजन गरिएका मधेशका विकास योजना आफ्नो सरकार ढालिएसँगै ढलेको ओलीको भनाइ थियो । मधेशमा एमाले र आपूmविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे पनि मधेशी जनताले भ्रम फैलाउनेको खेल बुझिसकेको अध्यक्ष ओलीले बताए । “मेराविरुद्ध भूmठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ”, ओलीले भने, “तर मधेश र मधेशीको समृद्धिका लागि एमालेबाहेक कसैले चूँसम्म बोलेका छैनन् ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ