arrow

कञ्चनपुरमा विद्यार्थी हत्याकाण्ड चर्कियो, हल्दुखालमा कर्फ्यु

पीडकको गोठमा आगजनी, प्रहरीद्वारा ९ राउण्ड आश्रुग्याँस र १९ राउण्ड हवाई फायर

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ भदौ ३१ शनिबार
kanchanpur-ghatana.png

कञ्चनपुर । कञ्चनपुरका विद्यार्थी तिकल चन्द हत्याकाण्ड चर्किदै गएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्याको बिरोधमा पीडित पक्षले पीडक आशिश अधिकारीको गोठमा आगजनी गरेका छन् ।

शुक्रबार मध्यान्नतिर पीडित लगायत स्थानीयले अधिकारीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आक्रोसित भिडले एक्कासी कच्ची गोठमा आगो लगाईदिएपछि गोठ जलेर पुर्ण नष्ट भएको छ । विद्यालय व्यवस्थापन समिति र प्रहरीले घटनामा लार्पबाही गर्न लागेको भन्दै पीडित पक्षले पीडकको गोठमा आगजनी गरेका हुन् । विद्यालय व्यवस्थापन समितिले बैठक पीडित पक्षसंग बैठक बोलाए पनि नआएका कारण आक्रोसित भिडले आगो लगाएको हो ।

आन्दोलनरत पक्षले दुवै सडकमा ढुङगा र ह्युमपाईप विछाएका कारण आगो निभाउन घटना स्थल पुगेको दमकल पनि घर सम्म पुग्न पाएन् । अधिकारीको घर सुरक्षामा खटिएका कम प्रहरी भएको मौकामा एक्कासी सयौँको संख्यामा आएका स्थानीयले गोठकासंगै घरमा समेत आगो लगाउन प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको  थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्थिती नियन्त्रण गर्न प्रहरीले ९ राउण्ड आश्रुग्याँस र १९ राउण्ड हवाई फायर गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकास बहादुर चन्दले स्थिति नियन्त्रण गर्नका लागि आश्रुग्याँस र हवाई फायर गरिएको बताए । उनका अनुसार   स्थितीलाई नियन्त्रण लिन  हल्दुखाल क्षेत्रमा शुक्रबार दिउँसो १ बजेदेखी  राती ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।
 
  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । आषिश अधिकारी, विशाल चन्द, रमेश खडका, प्रकास थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।   प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिलकले दुवै कानमा लगाएको सुन लुट्ने उदेश्यले हत्या गरेको खुलेको छ । अध्ययन गर्न गएका छात्र विद्यालय समय भित्रै हराएर हत्या भएको भन्दै स्थानीयले घटनाका सबै दोषिलाई कानुनी कार्बाहीको माग गरेका छन् । विद्यालयको लार्पबाहिका कारण घटना घटेको स्थानीयको आरोप छ । अहिले हल्दुखाल क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ