arrow

उर्लाबारीको बजेट ४८ करोड

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
Urlabari_nagarpalika_map.png

उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको छ ।

नगरसभाले यस वर्ष नगरपालिकाका नौवटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो । नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख फागोले प्रत्येक वडालाई रु एक एक करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विनियोजित बजेटमा ६५ प्रतिशत भौतिक निर्माणमा खर्च गरिनेछ ।

चालू आवको बजेटमा आन्तरिक आम्दानीबाट दुई करोड २५ लाख, राजश्व बाँडफाँटबाट २१ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट करिब १० करोड १५ लाख, सडक बोर्डबाट १७ लाख, सामाजिक सुरक्षातर्फ ९ करोड ७० लाख, एलजिसिडिपीतर्फ ११ लाख ५६ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ रु २२ करोड ७० लाख र गत आव २०७३/७४ बाट मौज्दात रहेको करिब २ करोड ७६ लाख आम्दानी हुने बताए।

नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, नगरपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि, कार्यसम्पादन नियमावली, कार्यविभाजन नियमावली, नगर सभा सञ्चालन कार्यविधि, निर्णय तथा अधिकारपत्रको प्रमाणीकरण कार्यविधि र पदाधिकारीको आचारसंहित पारित गरेको छ ।

नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीको संयोजकत्वमा निरोज तिम्सिना र शोभितमाया तामाङ सदस्य रहने गरी न्यायिक समिति गठन गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ