arrow

सरकारले जनताको भावना अनुसार काम गर्न सकेन : ओली

logo
कुमोद अधिकारी 
प्रकाशित २०७४ भदौ ३१ शनिबार
KP-oli-naya-news.jpeg

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेकाले बताए । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष ओलीले वर्तमान सरकारका कारण  मुलुकमा  भ्रष्टाचार, अनियमिता, स्वच्छचारिता वढेको बताए । 

अध्यक्ष ओलीले बाढीका कारण हजारौं जनताको अवस्था अहिलेपनि दयनीय  छ भन्दै त्यसतर्फ सरकारको ध्यान जान नसकेको बताए । उनले जनतालाई केन्द्र विन्दु मानेर जनताको समस्या वुझेर सरकारले कामगर्नुपर्ने बताए । 

सरकारले प्रभावकारी  कामगर्न नसक्दा राज्यका कुनै अंग र निकायले राम्रो  ढंगले काम गर्न नसकेको उनले बताए । २ नम्बर प्रदेशको निर्वाचन आयोगको कमजोर उपस्थिति भएको भन्दै आयोगले निर्वाचनका लागी प्रभावकारी रुपमा कामगर्न नसकेको बताए । 

समाजलाई कानुनी मार्गमा हिडाउनुनै  लोकतन्त्रको मर्म भएको भन्दै अध्यक्ष ओलीले सरकारले चुनावको मुखमा निर्वाचन आचार संहिता उल्लघन गर्ने,न्यायधिसहरुको सरुवा जस्ता कार्यले सरकार कानुनी भन्दा वलको मार्गमा अगाडी बढी रहेको बताए । 

उनले अहिले सरकार कार्यकारिणीको नियन्त्रणमा संवैधानिक निकायहरुमा हाबी भएकाले यी निकायहरु कमजोर हु्ँदा मुलुकमा लोकतन्त्र कमजोर हुने बताए ।अध्यक्ष ओलीले अहिलेको अवस्थामा भष्ट्रचार नियन्त्रण गर्ने निकाय, अनियमितिता नियन्त्रण गर्ने निकायहरु कानुन कार्यान्वय गर्ने निकायहरुपनि निष्कृय वनेको समेत आरोप लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ