arrow

प्रधानमन्त्रीले गरे पुलको शिलाल्यास

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
deuba-new.jpeg

उदयपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको  शिलान्यास गरेका छन्। प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशको चुनावका लागि मौनअवधि जारी रहेकै बेला पुलको शिलान्यास गरेका हुन्। यस्तै, अहिले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनकाे अाचारसंहिचता समेत जारी छ।

शिलान्यासमा प्रधानमन्त्री देउवाले यो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए । उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पुर्‍याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे ।

यो पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताएका छन्। पुल राष्ट्रिय योजना आयोगको २२ करोड २५ लाखको लागतमा निर्माण हुन लागेको हो । २०७६ साल चैतमा यो पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गरे ।

प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमापर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ