arrow

​​​​​​​कोशी अञ्चल अस्पतालको हाडजोर्नीमा सेवा विस्तार 

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
koshi_anchal_hospital.jpg

विराटनगर । विरामीको चापलाई मध्यनजगरगर्र्दै विराटनगर स्थित कोशी अञ्चल अस्पतालले अस्पतालमा १३ वेड थपगरी सेवा  बिस्तार गरेको छ । अस्पतालले हाडर्जोनी विभागमा  १३ बेड थप गरी सेवा बिस्तार गरेको कोशी अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिए । 

हाडजोर्नी विभागमा जम्मा १७ बेड रहेकोमा अब थप गरेकोसँगै ३२ बेड संचालनमा रहेको छ । अस्पतालको आन्तरीक स्रोतबाट खाली रहेको भवनलाई मर्मतसंभार गरी वेड थप सेवा बिस्तार गरिएको हो । कोशी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने नेपाल सरकारको रणनीति अनुसार  सेवा बिस्तार हुदै आएको हो ।

अस्पतालमा दैनिक ओपिडी र इमरजेन्सीमा गरी एकहजार भन्दा बढी विरामी आउने गरेका छन । एक नम्वर प्रदेशको सवैभन्दा ठुलो सरकारी अस्पतालको रुपमा रहेको कोशी अन्चल अस्पतालले छुुटै भवनमा हाडर्जोनी सेवा संचालनमा ल्याएको छ । सेवा थप विस्तार गरेपछी उपचारमा सहज हुने जनाइएको छ । यस अघि विरामीको चाप र्धेरै हुने र अस्पतालको वेड नहुने समस्याले उपचारमा केही कठिनाई हुदै आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ