arrow

उत्तर कोरियाली क्षेप्यास्त्र प्ररीक्षणले स्थिति थप तनावग्रस्तः रसिया

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
russia-putin-office.jpg

मस्को। रसियाले उत्तर कोरियाद्वारा शुक्रबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको छ। रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा तनाव थप बढ्ने बताए। उनलाई उद्धृत गरी यहाँको समाचार संस्था तास न्यूज एजेन्सीले भनेको छ, “रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ।”

उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रलाई शुक्रबार जापानको आकासमा हानेको थियो। यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका थिए। उनीहरूले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन्।

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो। उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा अत्यन्तै शक्तिशाली हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ