arrow

कस्तो छ सोनीको स्मार्ट लाइट (भिडियो सहित)

नयाँ प्रोजेक्टलाई बढावा दिदै सोनीले स्मार्ट लाइट निर्माण गरेको हो

logo
नयाँ प्रोजेक्टलाई बढावा दिदै सोनी
प्रकाशित २०७२ पुष ३० बिहिबार
sony-connected-light-2016-01-13-01.jpg.jpeg
प्रविधि डेक्स ।  सोनी एक बहुराष्ट्रिय  मोबाइल फ़ोन निर्माण गर्ने  कम्पनि हो । जसको हेडक्वाटर  जापानको टोक्योमा रहेको छ । यो मोबाइल फ़ोन निर्माण गर्ने कम्पनिले आफ्नो नयाँ  प्रोजेक्टलाई बढाउदै  मल्टीफ़क्शनल लाइटमा पनि आफ्नो क्षेत्र विस्तार गरेको छ ।  सोनीले  मल्टीफ़क्शनल लाइट तोशिबा एलईडि लाइटिङग टेक्नोलोजीको माध्यमले बनाइएको हो ।  जसलाई स्मार्टफोन र वाईफाई डिभाइसको सहयोगमा चलाउन सकिनेछ । 
 
यो लाइटको प्रमुख बिशेषता भनेको यसलाई  गतिका अाधारमा निर्माण गरिएको छ । जसले तपाईको चालायमान गति थाहा पाउनेछ र सोहि अनुरुप काम गर्नेछ । साथै यसमा लुमिन्नस, टेम्प्रेचर र हुमीडिटी सेन्स , मेमोरी कार्ड स्लाट, इन्फ्रारेड कन्ट्रोलर, स्पीकर र माइक्रोफोन आदि समाहित रहेका  छन् । यी बिषेशताका कारण तपाई  घर भित्र पस्नु अघिनै टिभि, एयर कन्डिसन जस्ता उपकरणहरु बाहिर वाटै अन गर्न सक्नुहुनेछ  ।  यस लगायत  अन्य फीचर्समा म्यूजिक प्ले र मोशन डिटेक्टर अलार्म सिस्टम रहेको छ । यो मल्टीफ़क्शनल लाइटले कसरी काम गर्छ?  भिडियोको हेर्नुहोस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ