arrow

काँग्रेस वडा सदस्यलाई कम्यूनिष्टले गरे मोसो दलेर दुव्र्यवहार

logo
प्रकाशित २०७४ असोज १ आइतबार
nuwakot-district.png

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई शनिबार राति मोसो दलेर दुव्र्यवहार गरेका छन् । 

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापालाई घरमा नै बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ । 

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३–६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । 

गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ