arrow

नेपालको सनसनीपूर्ण बलिङ, हङकङ ७६ रनमै खुम्चियो 

logo
प्रकाशित २०७४ असोज १ आइतबार
nepal-hongkong.jpg

मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले हङकङमाथि शानदार बलिङ गरेको छ । 

सुरुवाती साझेदारी केही राम्रो देखिए पनि त्यसपछि लगातार विकेट गुमाएको हङकङ ७६ रनमै खुम्चियो ।  

किन्रारा मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि ब्याटिङमा उत्रिएको हङकङ ३२.१ ओभर मात्र मैदानमा टिकेर ७६ रन बनायो । 

ओपनिङ ब्याट्सम्यान हरप्रित सिंहले २० रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत बनाउन सकेनन् । 

नेपालका लागि सन्दिप लामिछानेले ८ रन खर्चेर ३ विकेट लिए । सन्दिप प्रतियोगिताकै सर्वाधिक १६ विकेट लिने खेलाडीसमेत बनेका छन् । 

सहाब आलमले पनि ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र अनिल कुमार साहले १–१ विकेट झारे । दुई खेलाडी रन आउट भए । 

सेमिफाइनलमा आयोजक मलेसियालाई हराउँदै नेपाल र सिंगापुरलाई हराउँदै हङकङ फाइनलमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ