arrow

हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसिया कपमा 

logo
प्रकाशित २०७४ असोज १ आइतबार
u-19-nepal-cricket.JPG

मलेसिया । नेपाल मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि सहित एसिया कपमा स्थान बनाउन सफल भएको छ । 

आइतबार किन्रारा मैदानमा भएको फाइनलमा नेपालले हङकङलाई ५ विकेटले हरायो । ७७ रनको विजयी लक्ष्य नेपालले १४.४ ओभरमै ५ विकेट गुमाएर पुरा गरेको हो । 

कप्तान दिपेन्द्र सिंह ऐरीले २२, सन्दिप सुनार र प्रदिप थापा मगरले १९–१९ रन बनाए । 

यसअघि नेपालले शानदार बलिङ गरेपछि हङकङले ३२.१ ओभर मात्र मैदानमा टिकेर ७६ रन बनायो । 

ओपनिङ ब्याट्सम्यान हरप्रित सिंहले २० रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत बनाउन सकेनन् । 

नेपालका लागि सन्दिप लामिछानेले ८ रन खर्चेर ३ विकेट लिए । सन्दिप प्रतियोगिताकै सर्वाधिक १६ विकेट लिने खेलाडीसमेत बनेका छन् । 

सहाब आलमले पनि ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरी र अनिल कुमार साहले १–१ विकेट झारे । दिपेन्द्र सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बनेका छन् । उनले १३ विकेट लिएका छन् ।

दुई खेलाडी रन आउट भए । 

सेमिफाइनलमा आयोजक मलेसियालाई हराउँदै नेपाल र सिंगापुरलाई हराउँदै हङकङ फाइनलमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ