arrow

नागरिकता लगायतका प्रमाणबाट पनि मतदान गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असोज १ आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा भोलि असोज २ गते हुने निर्वाचनमा मतदाताले कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ