arrow

पाकिस्तानमा मार्सल आर्ट्स : नेपाललाई ३ स्वर्ण

logo
प्रकाशित २०७४ असोज १ आइतबार
marsal_arts.jpg

काठमाडौं । पाकिस्तानको कराँचीमा भइरहेको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जित्यो ।

नेपाललाई दोहोरो पदक दिलाएका निराकारमान प्रधानले पुरुष एकल कातामा स्वर्ण र ५० केजीमा रजत जिते ।

त्यस्तै महिला एकल कातामा समिला थापा र महिला ५५ केजीमा शान्ति तामाङले स्वर्ण हात पारेको टोली प्रमुख रामकुमार थारुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ