arrow

सात रोहिंग्या मुस्लिम वीरगन्जमा पक्राउ, भारततिर पठाइयो  

logo
प्रकाशित २०७४ असोज २ सोमबार
birganj.jpg

काठमाडौं । अध्यागमन विभागले म्यान्मारबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्रि रिफ्फूज) गरेको छ ।

नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो ।

सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको शसस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमहरुलाई गत विहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाइएको छ ।

गृह मन्त्रालयका अनुसार फिर्ता गरिएका ३३ देखि ६७ बर्ष उमेर समूहका छन् । शसस्त्रले बुझाएका रोहिंग्यालाई अध्यागमन कार्यालयले इन्ट्रि रिफ्युज गरेको हो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ