arrow

इलामको देउमाईस्थित मंगलबारेमा १ न प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको तयारी पुरा

logo
प्रकाशित २०७४ असोज २ सोमबार
chess-ilam.jpg

इलाम । इलामको देउमाइ नगरपालिकाको मंगलबारेमा प्रदेश नं १ स्तरीय टंकमाया गौतम स्मृति खुल्ला बुद्धिचाल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । 

इलाममा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।

प्रतियोगिता यहि असोज ३ गतेउ दघाटन हुनेछ भने ४ गतेबाट खेल सुरु हुने छ । जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको समन्वयमा  स्विस लिग पद्धतीको आधारमा असोज ६ सम्म संचालन हुने प्रतियोगितामा पुर्व राष्ट्रिय च्याम्पियन भुपेन्द्र निरौला (निरज) लगायत प्रदेश नं १ का  ५० भन्दा बढी पुरुष तथा महिला खेलाडी सहभागी हुने प्रतियोगिताको संयोजक एवम नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतमले बताए ।

प्रतियोगितामा अपेक्षिकृत खेलाडीहरु सहभागी नभए ९ राउण्डबाट घटाएर ७ राउण्डमा सम्पन्न गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

प्रतियोगितामा कुल १ लाख रुपैया पुरस्कार राखिएको छ । प्रदेश च्याम्पियनले नगद २५ हजार, दोश्रोले १५ हजार र तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन ।

त्यसैगरी उत्कृष्ट सत्रमा पर्ने अन्य खेलाडीहरुलाई ७ देखी २ हजार सम्म नगद सहित पुरस्कृत गरिने प्रतियोगिताको संयोजक गौतमले बताए ।

विश्व बुद्धिचाल संघबाट समेत संचालन अनुमति लिएको यस प्रतियोगिताबाट नयाँ खेलाडीहरुलाई रेटिङ लिन र रेटेड खेलाडीहरुलाई आफनो रेटिङ बढाउने मौका समेत हुने बताइएको छ । 

इलाम बाहिरका जिल्लाका ४० खेलाडी र इलामका १० खेलाडीहरु प्रतियोगितामा समावेश गराउने आयोजकको लक्ष्य छ । प्रतियोगितामा सहभागी हुनेहरुको लागी दर्ता शुल्क १ हजार ५ सय रुपैया तोकिएको छ । 

महिला र जुनियर खेलाडीको हकमा भने दर्ता शुल्क १ हजार लिइने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

टंकमाया गौतम बिदुर गौतमकै आमा हुन् । उनको गतबर्ष निधन भएको थियो । उनकै सम्झनामा आफ्नो जन्म स्थान इलामको देउमाइ स्थित मंगलबारे बजारमा प्रदेश स्तरीय पहिलो ‍चोटी रेटिङ चेस गर्न लागिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ