arrow

सप्तरीमा राजपा र राप्रपाबीच झडप, मतदानमा तनाव

logo
प्रकाशित २०७४ असोज २ सोमबार
saptari-district.png

राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । 

राष्ट्रिय जनता पार्टी राजपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । 

हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ