arrow

राप्रपा प्रजातान्त्रिकबाट राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस

logo
प्रकाशित २०७४ असोज २ सोमबार
pashupati.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका  हुन् ।  

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनिहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले सोमबारै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ