arrow

सप्तरीमा ३५ प्रतिशत मत खस्यो

एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान

logo
प्रकाशित २०७४ असोज २ सोमबार
parsa-election.jpg

राजविराज । प्रदेश नं २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गरेको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिए ।

जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गरेकी थिइन् ।  सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गरेको बताइएको छ ।

यसैबीच तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको र १० बजेसम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताए  ।

अत्यन्त हर्षोल्लासका साथ लामबद्ध भई महिला, पुरुष तथा युवायुवती मतदान कार्यमा धैर्यपूर्वक मतदान गरिरहेको अनुगमनका क्रममा पाइएको उनले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा पाँच हजार ५२७ उम्मेदवारलाई तीन लाख ३१ हजार ७९ मतदाताले मतदान गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ