arrow

प्रदेश नम्बर दुईको निर्वाचनमा मध्यान्हसम्म करिव ३५ प्रतिशत मतदान

logo
प्रकाशित २०७४ असोज २ सोमबार
matadan_tarai.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्यान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सबै मतदान केन्द्रहरुमा मतदाताहरू ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनरूपमा मतदान कार्यमा सहभागी भइरहेका छन् ।

मतदान कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । प्रदेश नं. दुईका १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।

यसैबीच, महोत्तरी जिल्लाको औरही नगरपालिकास्थित नेपाल राष्ट्रिय नि.मा.वि. कठुधार मतदानस्थलमा ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गर्नुभएको जानकारी प्राप्त भएको छ । रौतहट जिल्लाको गढिमाई नगरपालिकास्थित प्रा.वि. भवन, लक्ष्मीपुर गम्हरिया मतदान केन्द्र र बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं. २, बिसम्बरास्थित ने.रा.प्रा.वि., विसम्बरा मतदान केन्द्रमा अर्को व्यक्तिको नाममा मतदान गर्न प्रयास गर्ने एक–एकजना नक्कली मतदातालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी समेत प्राप्त भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ