arrow

थप १२ वटा उत्तरी नाका खुलाउन बुधबार सम्झौता (सूचीसहित)

logo
प्रकाशित २०७४ असोज २ सोमबार
bir_bahadur_balayar.jpg

काठमाडौं । नेपाल र चीनबीचका थप १२ नाका खुलाउन दुई देशबीच बुधबार सम्झौता हुँदैछ । चिनियाँ सडक प्रयोग गरेर नेपालको हिमाली जिल्लाहरुमा पनि सामान ढुवानी गर्न सकिने गरी १२ नाका खोल्ने विषय समेटिएको प्रोटोकलमा सम्झौता हुन लागेको हो । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले चिनियाँ राजदूत यू होङलाई मन्त्रालयमा नै बोलाएर नेपालकालागि उक्त १२ नाकाको आवश्यकताको विषयमा जानकारी दिएका थिए । 

अहिले सरकारले प्रस्ताव गरेको प्रोटोकलमा रसुवागढीदेखि दार्चुलासम्मका विभिन्न १२ नाकाहरुमा सामान लैजानको लागि नेपालले चीनले आफ्नो मुलुकमा बनाएको सडक प्रयोग गर्न सक्ने व्यवस्था सहितको प्रस्ताव गरेको छ । यस विषयमा आफूले राजदूतसँग कुराकानी गरेको र सो विषयलाई सकारात्मक रुपमा लिँदै यसलाई पारित गराउनको लागि आफूले चीन सरकारसँग प्रस्ताव गर्ने आश्वासन दिएको मन्त्री बलायरले जानकारी दिए । 

अहिले यही विषयमा छलफल गर्नको लागि चिनियाँ सरोकारवाला मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा आएका छन् । नेपाल र चीनबीच यो विषयमा बुधबार विस्तृत छलफल हुँदैछ । सोही दिन ती नाकाहरु खोल्नको लागि संशोधित प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । 
 
उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार नेपाल आएका हुन् । सो प्रोटोगलमा नेपालले प्रस्ताव गरे अनुसार तल उल्लेखित १२ नाका खोल्नुका अतिरिक्त बोर्डरको चिनियाँ राजमार्ग कार्गाे ढुवानीका लागि नेपालले प्रयोग गर्न सक्ने प्रयास गरिएको छ । यो प्रोटोकलमा हस्ताक्षर भएसँगै ढुवानीका कारण नेपालको हिमाली जिल्लाहरु विकासमा पछि पर्ने अवस्था नहुने र चीनसँगको व्यापारमा पनि बृद्धि हुने अपेक्षा लिईएको छ । 

अहिले चीनसँग प्रोटोकल सम्झौता भएका नाकाहरु 
खासा यारी – यारी 
खासा – रसुवागढी
खासा – ओलाङचुङ्गोला 

चीनसँग प्रोटोकल सम्झौतामा प्रस्ताव गरिएका नाकाहरु 
रसुवागढी – हिल्सा 
रसुवागढी – कोराला 
खासा – कोराला 
रसुवागढी – डोल्पा 
खासा – डोल्पा 
रसुवागढी– डोल्पा 
खासा – डोल्पा
रसुवागढी – दार्चुला 
खासा – दार्चुला 
रसुवागढी – बझाङ (ताक्लाकोट)
खासा – बझाङ (ताक्लाकोट)
रसुवागढी – ओलाङचुङ्गोला 
रसुवागढी – किमाङ्थाङ्का(संखुवासभा)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ