- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । सलमान खान कट्रिना कैफलाई अवुधावीमा छाडेर लण्डन पुगेका छन् । उनि ‘टाइगर जिन्दा हे’ को सुटिङ सकेर लण्डन पुगेका हुन् । सलमान आफ्नो भुमिकाको सुटिङ गरेर लण्डन हिडेका छन् भने अभिनेत्रि कट्रिना चलचित्रको सुटिङ स्थल अवुधावीमा छिन् । उनि आफ्नो बाकी कथा पुरा गर्न त्यहाँ रहेकी छन् ।
चलचित्रको धेरै सीन कट्रिना केन्द्रित रहेको बताइएको छ। सोहि कारण उनि केहि दिन अवुधावीमा रहनु पर्ने छ । साथै उनि चलचित्रको सुटिङ सकेर मुम्बई फर्किने कार्यक्रम रहेको छ ।
टाइगर जिन्दा हे’ को सुटिङ सकेर कट्रिना आनंद एल रायको चलचित्रमा आबद्ध हुनेछिन् । उक्त चलचित्रमा शाहरुख खान बामपुड्केको भुमिकामा रहेका छन् । चलचित्र ‘टाइगर जिन्दा हे’ इिसेम्बर २२, २०१७ मा रिलीज हुदैछ । चलचित्र ‘एक था टाइगर’ को सीक्वल हो ।