arrow

सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा खड्का

logo
प्रकाशित २०७४ असोज २ सोमबार
cb-khadka.jpg

काठमाडौँ ।  सूचना तथा सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा सिबी खड्का नियुक्त भएका छन् ।  

मन्त्रिपरिषद्को सोमबार  बसेको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । सिन्धुपाल्चोक, साविक कालिका गाविसमा २०३२ सालमा जन्मिएका खड्का २० वर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

‘तरुण’ साप्ताहिक, ‘गतिविधि’ साप्ताहिकलगायतमा संलग्न खड्काले यसअघि ऊर्जा, भौतिक तथा पूर्वाधार एवं सहरी विकास मन्त्रायमा समेत सञ्चार सल्लाहकारका रुपमा कार्यसम्पादन गरिसकेका छन् ।  खड्का समाजशास्त्र विषयमा स्नातकोत्तर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ