arrow

काँग्रेस बैठकः प्रत्येक क्षेत्रबाट महिला सहित तीन तीन जनाको नाम पठाउन निर्देशन

logo
प्रकाशित २०७४ असोज २ सोमबार
congress-office.jpg.gif

काठमाडौं ।  नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ । 

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष समानुपातिकतर्फ महिलासहित बढीमा तीन तीन जना सिफारिस गर्न निर्देशन दिएको छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखी दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम सिफारिस गर्नुपर्ने बैठकले निर्णय गरेको छ । 

उम्मेदवार सिफारिश गर्दा निरन्तर क्रियाशील सदस्यता कायम भएका तथा पार्टीभित्र र जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेकामध्येबाट गर्नुपर्नेछ । 

पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ-नगर कार्यसमितिले असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिश क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिश असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिशमा आफ्नो रायसहित असोज १७ गतेभित्र केन्द्रमा पठाउनुपर्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ