arrow

मंसिरमा हुने निर्वाचनको मतपत्रबारे छलफल गर्न तीन दल प्रमुखसँग आयोगको छलफल

logo
प्रकाशित २०७४ असोज २ सोमबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा आगामी मङ्सिर महिनामा सञ्चालन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिने मतपत्रको प्रारम्भिक ढाँचाका सम्वन्धमा छलफल भएको थियो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन सम्पन्न गर्न छोटो समय उपलब्ध भएको सन्दर्भमा मतपत्र छोटो समयमै छपाई गरी मतदान केन्द्रसम्म पु¥याउन सकिने गरी आयोगले मतपत्रको प्रारम्भिक ढाँचा तयार गरेको जानकारी दिए ।

छलफलमा प्रधानमन्त्रीबाट निर्वाचन कार्य सञ्चालन गर्न सरल र मतदातालाई मतदान गर्न सहज हुने किसिमले मतपत्र तयार गर्न उपयुक्त हुने सुझाव दिए । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीद्वयहरुबाट प्रस्तुत विचारलाई समेत ध्यान दिएर आयोगले मतपत्र तयार गरी छपाई गर्ने जानकारी दिए ।

छलफलमा प्रमुख राजनीतिक दलका नेताहरु रामचन्द्र पौडेल, शशाङ्क कोइराला, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पूर्णबहादुर खड्का, राजेन्द्र पाण्डे र डा. मिनेन्द्र रिजालको उपस्थिति रहेको थियो । त्यसअवसरमा माननीय निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ