arrow

विराटनगरका मेयरले ल्याए तीन महिने सुरक्षा अभियान

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ असोज २ सोमबार
biratnagar3.jpg

विराटनगर । विराटनगर महानगरपालिकाको शान्ति सुरक्षाका लागि  तीन महिने विषेश सुरक्षा अभियान लागु गरिएको छ। महानगपालिका र जिल्लाका सुरक्षा निकायको संयुक्त प्रयासमा   तीन महिने सुरक्षा अभियान सञ्चालनमा आएको हो
। महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी महानगरपालिकालाई सुरक्षित एंव अपराधमुक्त नगर वनाउन सुरक्षित महानगरपालिकाले अभियान संचालनमा ल्याएको जनाएको छ ।
 
महानगरपालिकाका मेयर भिम पराजुली संयोजकत्वमा सुरक्षा निकाय प्रमुख तथा विभिन्न संघसंस्था सम्मिलित  समिति गठन गरेर अभियान संचालनमा ल्याएको हो ।  महानगरपालिकाका मेयर पराजुलीले  महानगरपालिका भित्र हुने चोरी डकैती नियन्त्रणदेखि सडक विजुली वती,ट्राफिक व्यवस्थापन फोहर मैला व्यवस्थापन तस्करी नियन्त्रण,महिलामाथि हुने हिंसाको घटना न्युकरण,वाल श्रम श्रोषण,वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न अभियान समेत चलाइको वताए ।

 विभिन्न सरकारी निकाय ,समाजिक संघ सस्था सम्मिलित अभियानको दौरानमा जिल्ला प्रहरी कार्यालय मोरङ नियन्त्रण कक्ष सञ्चालन गरिने समितिका सहसंयोजक एंव प्रंमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए । मुल समितिका सदस्य सचिव प्रहरी गण रानीका  प्रहरी उपरिक्षक भिप्रसाद ढकालले  महानगरपालिका क्षेत्र भित्र नागरिकहरुले भोगिरहेको प्रमुख सुरक्षात्मक समस्या र चुनैतिको पहिचान गरी त्यलाई निराकरण गर्न सम्वन्धीत निकायका प्रतिनिधि सम्मिलिन ६ वटा उपसमिति समेत गठन गरिएको छ ।

मुल समितिले महानगरपालिका भित्र हाल मुख्य ४१ वटा चुनैती र समस्याको पहिचान गरेको छ । महानगरपालिकाले पहिचान गरिएका ४१ वटा मुख्य समस्या र चुनैतीलाई तिन महिनाको अवधिका टाक्स र्फास टिम गठन गरी नियन्त्रणको पहल गर्ने लक्ष्य राखेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ