arrow

मध्यरातबाट सुरु हुँदैछ २ नं प्रदेशमा दलहरुको भाग्य परीक्षा 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
dalharu_web1.jpeg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मत गणना सुरु हुन केही समय मात्रै बाँकी रहेको छ । सोमबार देशका विभिन्न ८ जिल्लामा भएको स्थानीय निर्वाचनबाट १ सय ३६ स्थानीय तहको विभिन्न पदहरुमा जनप्रतिनिधि निर्वाचन गर्नको लागि यो निर्वाचन भएको हो । 

यस मध्ये धेरैले सोमबार राती १२ बजेदेखि मत गणना सुरु गर्ने जनाएका छन् । सिहारा जिल्लाको औराही गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीबेर अघि मात्रै सम्पन्न भएको सर्वदलीय बैठकको निर्णयानुसार साढे ११ बजेदेखि मत गणना सुरु भएको निर्वाचन अधिकारी विनोद खतिवडाले जानकारी दिए । त्यस्तै, जिल्लाको अर्नमा गाउँपालिकामा केहीबेरमा मत गणना सुरु हुने भएको छ । निर्वाचन अधिकारी दिलिपराज पन्तले दिएको जानकारी अनुसार पौने १२ बजेदेखि मतगणना गर्ने तयारी सुरु भएको छ । 

जिल्लाको कल्याणपुर र गोलबजार नगरपालिकामा राती १२ बजेदेखि निर्वाचन सुरु हुँदैछ भने कर्जन्हामा १ बजेदेखि मतगणना  सुरु गर्ने तयारी चलिरहेको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकारीले जानकारी दिए । 

यसरी झण्डैझण्डै आधा स्थानीय तहले सर्वदलीय बैठक सम्पन्न गरेर पनि मत गणना सुरु गरिसकेका छन् । त्यसैले आजकै मध्येरातबाट दलहरुको भाग्य परीक्षा सुरु भईसकेको छ । दलहरुलाई यहाँ जुँगाको लडाईँ भनेझै आफैंले जित्नै पर्ने अवस्था रहेको छ । 

नेपाली काँग्रेस भारी सिट अन्तरले यो चुनाव जितेर एमालेसँगको सिट अन्तर कम गर्न चाहन्छ । एमाले आफ्नो पहाडि जिल्लाहरुको वर्चश्वलाई निरन्तरता दिन चाहिरहेको छ । तर, उसको पनि भाग्य परीक्षा मध्यरातदेखि नै सुरु भएको छ । मधेशलाई आफ्नो आधार मान्दै आएका मधेशी दलहरु त यो चुनावलाई आफ्नो जीवन मरणको सवाल मानिरहेका छन् । 

त्यसैले सबै दलको परीक्षाको नतिजा सोमबार मध्यरातीदेखि सुरु भएको छ । यसमा कसले बाजी मार्छ भन्ने सवालमा भने निर्वाचनको मतपरिणाम आएपछि मात्रै थाहा हुन्छ पल पलको मतपरिणामको पूर्ण अपडेट तपाईले हाम्राकुरा डटकमबाट हेर्नसक्नुहुन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ