arrow

गणेशमान नगरपालिकामा काँग्रेस अगाडि, एमाले चौथो 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
congress-n-uml-falg.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ । पहिलो २ सय मत गन्दा नेपाली काँग्रेस ५५ मतका साथ पहिलो स्थान हाँसिल गरेको हो । उपप्रमुखमा भने ५६ मतका साथ माओवादी केन्द्रकी उम्मेदवारको अग्रता छ । काँग्रेसको उपप्रमुखमा ५२ मत आएको छ ।  

त्यस्तै संघीय समाजवादी फोरमले ४४ मत ल्याएको छ । उसले उपप्रमुखमा भने ३४ मत मात्रै ल्याएको छ । उता एमाले भने यो स्थानीय तहमा चौथो बन्न पुगेको छ । एमालेले प्रमुखमा १९ र उपप्रमुखमा २३ मत ल्याएको छ । प्रारम्भिक मत परिणाममा एमालेका उम्मेदवार चौथो स्थानमा आउनुपरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ