arrow

परिवार नियोजनका साधन प्रयोगकर्ता घटे, किन ? 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
contraceptions.jpg

काठमाडौं । पछिल्ला बर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भएपनि १३ जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून रहेको पाइएको छ ।

ती जिल्लामा परिवार नियोजन साधन प्रयोगकर्ता ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको तथ्यांक छ ।

विशेष गरी गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको महाशाखाका निर्देशक डा नरेश केसीले बताए ।

उनले भने, ती क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन । यसलाई शिक्षाबाट मात्रै परिवर्तन गर्न सकिन्छ ।

परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको केसीको तर्क छ ।

स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको देखाएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ