arrow

गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
nepal-constitution-2072.gif.gif

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । जनताको सात दशक लामो संघर्षपछि २०७२ साल असोज ३ गते जनताले लेखेको संविधान जारी गरिएको थियो । 

संविधान जारी गर्नका लागि हजारौं नेपालीले ज्यान गुमाउनु पर्यो । 

संविधान जारी भएको अवसरमा देशभर नै विभिन्न कार्यक्रम भइरहेका छन् । 

सरकारले सार्वजनिक विदा दिएको छ भने काठमाडौंको टुंडिखेलमा विशेष समारोहको आयोजना गर्दै छ । 

यसअघि सभामुख ओनसरी घर्तीले सोमबारै व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा स्वागत समारोहको आयोजना गरेकी थिइन् । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रमुख राजनीतिक दलका शीर्ष नेता, संवैधानिक नियोगका प्रमुख, सांसदहरु, उद्योगी, व्यवसायी, यहाँस्थित कूट्नीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको प्रक्रियामा अगाडि बढिरहेको र उपलब्धि संस्थागत हुने चरणमा रहेको बताएकी थिइन् । 

उनले स्थानीय तहको तीनवटै चरणको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर १० र २१ गतेका लागि तय भएको सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान कार्यान्वयन प्रक्रियाले नयाँ गति लिने विश्वास व्यक्त गरिन् ।  

सभामुख घर्तीले संविधान कार्यान्वयनको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेका विभिन्न विधेयक संसद्ले पारित गरिसकेको र केही विधेयक पारित हुने चरणमा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयन प्रक्रियामा सहभागी र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरिन् ।  

संविधान कार्यान्वयनको प्रक्रियामा रुपान्तरित व्यवस्थापिका–संसद्ले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार बाँकी रहेका काम सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक दल पूर्ण रुपमा सफल हुने अपेक्षा व्यक्त गरिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ