arrow

नेपालबारे भारत भन्छ –स्थायित्व, शान्ति र समृद्धिका पक्षमा सधैँ रहिरहने 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
india-flag.jpeg

काठमाडौँ । नेपालको संविधान दिवसका अवसरमा छिमेकी मुलुक भारत, चीनलगायत देशले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् । 

सो अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन् । 

आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबीच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताएका छन् ।  

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ