arrow

सप्तरीको सप्तकोशी र सर्लाहीकाे हरिवनमा एमालेको अग्रता, पछिपछि माओवादी 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
UML-1.jpg

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेले भारी मतले अग्रता हाँसिल गरेको छ । सोमबार सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमाले भारी मतले अग्र स्थानमा रहेको हो । 

निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले दिएको जानकारी अनुसार कूल ८ सय २७ मत गणना गर्दा प्रमुखमा एमालेको ३ सय ४९, माओवादी केन्द्रको २ सय ८४, काँग्रेसको १ सय १५ र फोरम लोकतान्त्रिकको १ सय ५ मत आएको छ । 
 
त्यस्तै, उपप्रमुख तर्फ एमालेको ३ सय ६५, माओवादीको एक सय ६८ र काँग्रेसको ९१ मत आएको लम्सालले जानकारी दिए । 

त्यस्तै, हरिवन नगरपालिकामा पनि एमालेले अग्रता हासिल गरेको छ । एमालेले उक्त नगरपालिकामा कूल २ सय ८५ मतका साथ अग्रता हाँसिल गरेको हो । त्यस्तै दोस्रोमा नेकपा माओवादी केन्द्रको २ सय २२ र नेपाली काँग्रेसको १ सय ४४ मत आएको छ । 

उपप्रमुख तर्फ नेकपा एमालेको २ सय ९८, नेकपा माओवादी केन्द्रको २ सय ४ र नेपाली काँग्रेसको १ सय ४३ मत आएको निर्वाचन अधिकारी वशिष्ट कुमार घिमिरेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ