arrow

स्मार्ट सेलको दशैं तिहारको अवसरमा आधा दर्जन अफर

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
smart-cell.jpg

काठमाडौं। स्मार्ट सेलले दशैं तिहारको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा आकर्षक आधा दर्जन अफर ल्याएको छ। सोमबारदेखि नै ग्राहकलाई नयाँ सिम किन्दा, एमएमएस गर्दा तथा डाटा प्रयोग गर्दा यी अफर लागू हुने स्मार्टले जनाएको छ। नयाँ सिम कार्ड किनेर गरिने पहिलो रिचार्जमा ग्राहकलाई स्मार्टदेखि स्मार्टमा कल गर्दा प्रति सेकेण्ड एक पैसा र स्मार्टबाट अन्य नेटवर्कमा फोन गर्दा प्रति सेकेण्ड दुई पैसा लाग्ने अफर ल्याएको छ। पहिलो रिचार्ज ९० दिनसम्म उपयोग गर्न सकिनेछ। यसैसंग सबै ग्राहकलाई १०० एमबी डाटा र १०० एसएमएस ३० दिनसम्म स्मार्टबाट सबै नेटकर्वमा निशुल्क उपलब्ध हुनेछ।

स्मार्टले अनलिमिटेड अफर अन्तर्गत ९७ रुपैयांको प्याक किनेपछि ३० दिनसम्म चाहेजति कुरा गर्न सकिन्छ। त्यस्तै ५७ रुपैयाँको प्याक किनेपछि १५ दिन र ३७ रुपैयांको प्याकले एकसातासम्म चाहेजति कुरा गर्न सकिन्छ। त्यस्तै १२ रुपैयाको एसएमएस प्याक किन्दा स्मार्टबाट सबै नेटकवर्कमा ५० पैसा प्रति एसएमएस लाग्नेछ । त्यस्तै २४ रुपैयांको एसएमएस प्याक खरिद गर्दा स्मार्टदेखि स्मार्टमा तीनहजार एसएमएस गर्न सकिने स्मार्टले जनाएको छ।

स्मार्टको १९९ रुपैयांको भ्वाइस प्याक किन्दा ५०० मिनेट कुरा गर्न पाउने अर्को अफर पनि ल्याएको प्रेश विज्ञप्तिमार्फत जनाएको छ। यसमध्ये स्मार्टभित्र ३५० मिनेट र बाहिर १५० मिनेट कुरा गर्न पाइनेछ। रिचार्ज कार्ड खरिद गर्दा १० देखि ३५ प्रतिशत बोनस पाउनेछन्। १९ रुपैयांको डाटा प्याक किन्दा एक दिन चाहेजति डाटा चलाउन सकिन्छ। त्यस्तै १०९ रुपैयांमा सात दिन, १८९ रुपैयामा १५ दिन र २९९ मा ३० दिन अनलिमिटेड डाटा चलाउन सकिन्छ।

३० दिनका लागि १४८ रुपैयांमा १ जीवी डाटा उपलब्ध गराएको स्मार्टले जनाएको छ । ९८ रुपैयांमा ७५० एमबी १५ दिनसम्म र ५८ रुपैयांमा पाँचसय एमबी डाटा सात दिनसम्म चलाउन सकिनेछ।

स्मार्ट टेलीकमका चिफ कमर्सियल अफिसर राजीव कुमारले सबै चाडलाई ध्यानमा राख्दै ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले भ्वाइस, डाटा र एसएमएमा आकर्षक अफर ल्याएको बताए। नयां र अहिले भइरहेका स्मार्ट ग्राहकलाई फाइदा पुग्ने गरी अफर ल्याएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ