arrow

बागलुङबाट २० प्रजातिका जडीबुटी निर्यात

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज ३ मंगलबार
Jadibuti.jpg

बागलुङ । गत आर्थिक वर्ष २०७३/०७४ मा बागलुङ जिल्लाबाट बीस प्रजातिका जडीबुटी निर्यात भएका छन । साधारण च्याउ, वन लसुन, सतुवा, चिराइतो, नागबेली, पाखनवेद, अतिस, खोटो लगाएत निर्यात भएको जिल्ला बन कार्यालय बागलुङले जनाएको छ ।  कार्यालयका अनुसार २५ हजार ४ सय ९० किलो निकासी जडीबुटीबाट रु. २ लाख ७५ हजार ७ सय २५ राजश्व बताईएको छ ।  

जडीबुटीसँगै ६७ हजार ३९० किलो किलो सल्लाको खोटो निर्यात भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए । ‘यहाँको जङ्गलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र सङ्कलन हुन सकेको छैन’ अधिकृत विकले भने । उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन ।

 पछिल्लो आवमा भने अघिल्लोको तुलनामा झण्डै दोब्बरले बढी जडीबुटी निर्यात तथा राजश्व संकलन बढेको छ ।
जिल्लाका ७ वटा सामुदायिक वनमा भएको खोटो संकलनबाट वन उपभोक्ता समूहले रु. आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो सङ्लन र निर्यातबापत एक लाख २७ हजार मुल्य अभिवृद्धिकर राज्य कोषमा जम्मा भएको छ । यस्तै, जिल्ला समन्वय समिति (तत्कालिन जिविस) करबापत रु. ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको थियो ।

खोटो निर्यातका लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको अधिकृत विकले बताए ।  ति कम्पनीले आव २०६७/०६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा ग्रैहकाष्ठ वन पैदावर सूचीकृत छन् । संकलन र प्रशोधन अभावमा बहुमुल्य जडीबुटी त्यसै खेर गइरहेका छन् ।

आव २०७२/०७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटी निर्यातबाट जम्मा रु. एक लाख २८ हजार राजश्वय संकलन भएको थियो । इजाजत पत्र लिएपछि जिल्ला वन कार्यालयले सङ्कलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रम अन्र्तगत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ