arrow

मन्त्रिपरिषद् विस्तारले संवैधानिक निकायबीचको दायित्व अवमूल्यन भयो : आयोग 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले सरकारले सोमबार गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउनको लागि सरकारसँग आग्रंह गरेको छ । सोमबार दुई राज्यमन्त्री थप गरेको विषयमा निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ती जारी गरी निर्णय सच्याउन आग्रह गरेको हो ।

आचारसंहिता जारी भईसकेपछि भएको मन्त्रिपरिषद्को निर्णयले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच सैवैधानिक दायित्व बमोजिम शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्त अवमूल्यन  हुने र निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’ आयोगको विज्ञप्तीमा भनिएको छ । 

जम्बोमन्त्रिपरिषद् भयो भनेर आलोचना हुँदाहुँदै पनि सरकारले सोमबार उल्टै दुई राज्यमन्त्री थप गरेका थियो । सरकारको यो कमद आचारसंहिता विपरित रह्यो भनेर धेरै आलोचना भईरहेको बेलामा आयोगले यस्तो विज्ञप्ती निकालेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ