arrow

पाठेघर खस्ने समस्या भएका महिलाहरुका लागि निशुल्क शिविर

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
District-55-Rukum-hamrakura.jpg.jpeg
दिलिप खड्का, रुकुम । रुकुमको चौरजहारी अस्पतालमा पाठेघर खस्ने समस्या भएका महिलाहरुका लागी शल्यक्रिया शिविर सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको प्राविधिक सहयोग तथा आयोजनामा शिविर संचालन गरीएको हो ।दुर्गम क्षेत्र गरिव तथा असहाय परिवारका महिलाहरुलाई ध्यानमा राखेर शिविर आयोजना गरीएको अस्पतालले जनाएको छ । १ महिना अगाडी देखि रुकुम, सल्यान र जाजरकोट जिल्लाका पाठेघर खस्ने समस्या भएका महिलाहरुको छनौट गरी निशुल्क शल्यक्रिया शिविर संचालन गरीएको हो ।
 
शिविरमा २५ जना पाठेघर खस्ने महिलाहरुको छनौट गरीएको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए । महिलाहरुले वच्चा जन्माई सकेपछि पाठेघर कम्जोर भएको समयमा गह्रौ भारी बोक्दा, पोषण युक्त खानेकुराको अभाव हुदा, जन्मअन्तर नराखेर वच्चा जन्माउदा, आराम नगर्दा, विरामी पर्दा लगाएतका कारण पाठेघर खस्ने समस्या हुने गरेको डाक्टर कालेव वुढाथोकीले वताए ।
शल्यक्रिया शिविर १ महिना सम्म संचालन हुनेभएकोले पाठेघर खस्ने समस्या भएका महिलाहरुले सेवा वाट लाभ लिन अस्पतालले सम्वन्धित सवैमा आग्रह गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ