arrow

रौतहटको गौरमा एमाले अगाडि, माधव नेपालको वडामा गणना हुँदै

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
madhab-nepal-bhet-mukharji.jpeg

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृह नगर गौरमा एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुर नेकपा एमालेले गौर नगरपालिकाको प्रमुखमा ६६० मत ल्याउँदा उनका प्रमुख प्रतिस्पर्धी राजपाका उम्मेदवारले ४ सय ६० मत ल्याएका छन् । 

अहिले गौरको पनि वडा नं २ मा मतगणना सुरु भएको छ । पूर्वप्रधानमन्त्री नेपालले मतदान गरेको सो वडामा कसले बाजी मार्ला भन्ने बारेमा धेरैलाई चासोको विषय बनेको छ । यस अघि पनि केपी ओली लगायतका शीर्ष नेताहरुले मतदान गरेको वडामा वडाध्यक्ष नै अर्काे पार्टीले जितिरहेको अवस्थामा माधव नेपालको क्षेत्रलाई पनि विशेष महत्वले हेरिएको छ । 

अहिले त्यो वडाको सबै मतगणना सकिएपछि मात्रै जानकारी दिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ