arrow

विमलेन्द्र निधिको गृहनगरमा राजपाको अग्रता, पछ्याउँदै काँग्रेस

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
bimalendra_nidhi_647_082016021940.jpeg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको नगराइन नगरपालिकाको निर्वाचन मतगणना सुरु भएको छ । मंगलबार साँझदेखि सुरु भएको निर्वाचन मतगणनामा राष्ट्रिय जनता पार्टीले सुरुवाती अग्रता हाँसिल गरेको छ । उपमहानगरपालिकाको प्रमुख पदमा रापजाका उम्मेदवार १ सय ४५ मतका साथ अगाडि देखिएका हुन् । 

त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार ७५ मतका साथ दोस्रो स्थानमा छ । उपप्रमुख तर्फ पनि राष्ट्रिय जनता पार्टीका उम्मेदवारको १ सय ४५ मत आएको छ । उपप्रमुखमा राजपाको प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका काँग्रेसकी उम्मेदवारको जम्मा ९० मत आएको छ । उच्च सुरक्षाघेराभित्र सुरु गरिएको मत गणनाको औपचारिक रुपमा प्रारम्भिक मतपरिणाम भने केहीबेरमा सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ