arrow

पर्सामा नेपाली जनता दलको कमाल : ठूला पार्टी यसरी ‘पछारिए’ 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
nepali_janata_dal.jpg

काठमाडौं । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा नेपाली जनता दलले ठूला दलहरुलाई पछि पार्दै नगरको प्रमुख पदमा दोस्रो स्थान ओगट्न सफल भएको छ । अहिलेसम्म कूल एक हजार मत गन्दा दलले २ सय ६७ मत ल्याएको छ । उपप्रमुख तर्फ २ सय २६ मत आएको छ । जुन मत तीन ठूला दल र राष्ट्रिय जनता पार्टीको समग्र मत जोड्दापनि पुग्दैन । 

यद्यपि झिनो मतले सो पार्टी संघीय समाजवादी फोरमभन्दा पछि छ । फोरमले २ सय ८० मतका साथ अग्रता लिईरहेको छ । उपप्रमुखतर्फ फोरमको ३ सय १८ मत आएको छ । यसबाहेक नेकपा माओवादी केन्द्रको प्रमुख तर्फ १ सय १० र उपप्रमुख तर्फ १ सय १४ मत ल्याउँदा काँग्रेसले ५१ प्रमुखमा र ३५ मत उपप्रमुखमा ल्याएको निर्वाचन अधिकारी रुद्रप्रसाद सुवेदीले जानकारी दिए ।  

एमाले र राजपाले प्रमुख पदमा क्रमशः २१ र ११ मत ल्याएका छन् भने उपप्रमुखमा क्रमशः १८ र २ मत ल्याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ