arrow

'स्थानीय तह निर्वाचनसँगै संबिधानको स्वीकार्यता बढ्यो'

दशैं तिहारको नाममा कुनै पनि दलहरुलाई चियापान गर्न नदिइने

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
21903794_10203769893684698_890512374_n.jpg

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै संबिधानको स्वीकार्यता बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको प्रथम बार्षिक उत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरुले अब प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न गर्ने तर्फ सबैका ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । 

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तिनै तहको निर्वाचन सम्पन्न गर्न र संबिधानलाई सर्वस्वीकार्य बनाउन सञ्चार माध्यमले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । उनले लोकतन्त्रको विकासमा सञ्चार माध्यमको भुमिका महत्वपूर्ण हुने भन्दै अब सुशासन तर्फ जनतालाई सुसुचित गर्नुपर्ने बताए । 

नेकपा एमालेका संसदीय दलका उपनेता एंव पूर्व सभामुख सुवास नेम्वाङले प्रदेश नम्बर दुइको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै संबिधानको स्वीकार्यता बढेको बताए । उहाले संबिधानमा रहेका बाँकी असन्तुष्टीलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताए । पाँच वर्ष आठ महिना लगाएर निर्माण गरिएको संविधान कार्यन्वयन नहुँदासम्म सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने आवश्यकता औँल्याउदै उनले यसका लागि सञ्चार माध्यमको भुमिका महत्वपूर्ण हुने बताए । 

सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले असजिलो परिस्थिती संबिधान जारी भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै यसको स्वीकार्यता बढेको बताए । मन्त्री बस्नेतले संविधान संशोधनको नाममा अब कुनैपनि राजनीतिक दलले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । सबै दललाई एक ठाउँमा ल्याउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने उनको भनाई छ । 

कार्यक्रममा नेकपा माओबादीका प्रवक्ता पम्फा भुसालले दलहरुबिच भएका असहमतीहरु निर्वाचनको माध्यममार्फत खोज्नुपर्ने बताए । राजनीतिक स्थितरता र आर्थिक बिकासका लागि जनताबाट निर्वाचित कार्यकारी प्रमुख चुन्ने एजेण्डामा सञ्चार माध्यमले सहयोग गर्नुपर्ने उनको भनाई छ । 

कार्यक्रममा भारतीय राजदुत मञ्जिव सिंह पुरीले राजनीतिक दलबीचको एकताले नै शान्ति  र प्रजातन्त्रलाई दिगो बनाउने बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा बधाई दिदै उहाले निर्वाचन निश्पक्ष रुपमा सम्पन्न गराउन भुमिका खेलेको भन्दै सञ्चार माध्यमको प्रशंसा गरे ।   

दशैं तिहारको नाममा कुनै पनि दलहरुलाई चियापान गर्न नदिइने

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठ लगायतका चाडपर्व लक्षित चियापन आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने,‘अहिले चाडपर्वको मुखमाचियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भैसकेका छ, निर्वाचन आचार संहितालागु भैसकेको छ, यस्तो अवस्थामाआयोजनागरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतनाअपनाएको छ, हामी यस्ता खाले चियापनगर्न दिँदैनौं।’

मंगलबार काठमाडौंको लैनचौरस्थित् लैनचौर ब्यांक्वेटमा नेपाली रेडियो नेटवर्कको प्रथमवार्षिकोत्सवको अवसरमा ‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिका माथि बहस’नामक कार्यक्रममा सम्बोधनगर्दै प्रमुख आयुक्त डा. यादवले यस्तो बताएकाहुन् । उनले निर्वाचनलक्षित गरेर कुनैपनिचियापान समारोह नगर्न आग्रह गरे । उनले थपे, ‘राजनीतिक दलहरुलाई पनि चियापान नगर्न म विनम्र अनुरोध गर्छु।’

निर्वाचन आचारसंहित कार्यान्वयनको लागि आयोग खरो रुपमा उत्रिने बताउँदै उनले थपे, ‘मंसिर १० को निर्वाचनआउन धेरै बाँकी छैन, यो निर्वाचनलक्षित गरेर कुनैपनिचियापान समारोह नगर्नुहोस, चाडपर्वकै मुखमागरिने चियापानले पनिचुनावीगन्ध ल्याउँछ, त्यसैले यस्ता चियापानगर्दै नगर्नुहोस, म यहीकार्यक्रममार्फत उद्धघोष गर्न चाहन्छु, कसैले दशैं, तिहार र छठकोअघि गरिने चियापानहामीलाई सह्यै हुँदैन, चुनावीप्रचारको लागिगरिने यस्ता कार्यक्रमहरु हामी निषेध गछौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ