arrow

९५ स्थानीय तहको प्रारम्भिक नतिजा : ‘मधेशवादी’ राजपा भन्दा ‘मधेशविरोधी’ एमाले अगाडि !

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लगभग १ सय ३५ वटै स्थानीय तहको प्रारम्भिक मत परिणाम आउने क्रम जारी रहेको छ । सोमबार भएको स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रममा हामीलाई प्राप्त जानकारी अनुसार कूल ९५ स्थानीय तहले प्रारम्भिक मत परिणाम सार्वजनिक गरिसकेका छन् । 

हाम्राकुरा डटकमको निर्वाचन विशेष डाटा सिस्टमका अनुसार अहिलेसम्म कूल ३८ नगरपालिकाको प्रारम्भिक नतिजा आईसकेको छ  त्यस्तै, ५७ गाउँपालिका गरी कूल ९५ स्थानीय तहको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो । 

जसमा सबैभन्दा धेरै स्थानीय तहमा काँग्रेसको अग्रता कायम रहेको छ । कांग्रेस  १२ नगरपालिका र १५ गाउँपालिका सहित कूल २७ स्थानीय तहमा अग्रता कायम राखेको छ । काँग्रेससँग प्रतिस्पर्धामा रहेको संघीय समाजवादी फोरम ८ नगरपालिका १४ गाउँपालिका सहित २२ स्थानीय तहमा अगाडि छ । अहिलेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओवादी तेस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्र ७ नगरपालिका ११ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा अगाडि छ । 

यस बाहेक एमाले ७ नगरपालिका र ६ गाउँपालिका सहित १३ स्थानीय तहमा, राजपा ३ नगरपालिका र ९ गाउँपालिका गरी कूल १२ स्थानीय तहमा अग्रता लिएको छ । लोकतान्त्रिक लोकतान्त्रिक फोरम १ नगरपालिका र एक गाउँपालिका गरी कूल ३ स्थानीय तहमा अगाडि छ । 

यसरी यो विवरणलाई हेर्दा कूल ९५ स्थानीय तहको प्रारम्भिक नतिजामा आफूलाई मधेशवादी दल भन्ने राजपा मधेश विरोधी दल भनेर आरोप लगाउने एमाले भन्दा पछाडि देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ