arrow

डिफेन्डिङ च्याम्पियन फिदिम स्पोटिङ क्लव फाइनलमा प्रवेश

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
phidim-spoting-club.jpg.jpeg.jpeg
जितेन्द्र भण्डारी,पाँचथर। डिफेन्डििङ च्याम्पियन फिदिम स्पोटिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वाञ्चल स्तरीय फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।आज भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज काठमाण्डौँलाई १ –० गोलको झिनो अन्तरले पराजीत गर्दै स्पोर्टीङले फाइनलमा केएसएस ताप्लेजुङसँग उपाधी भिडन्त पक्का गरेको हो ।
 
स्पोर्टीङलाई जीताउन खेलको ५५ औँ मिनेटमा भिक्टर अमावीको पासमा धिरज तामाङले गोल गरे । पराजयसँगै चर्च ब्वाइज काठमाण्डौँ उपाधी भिडन्तबाट बाहिरिएको छ । उसले खेलको ८९ औँ मिनेटमा पाएको सुन्दर अवसर गुमाउँदा पराजय बेहोर्नु पर्‍यो । निक्कै प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीको प्रदर्शन उत्कृष्ट थियो । अव उपाधीका लागि पर्सी केएसएस ताप्लेजुङ र फिदिम स्पोर्टीङ क्लववीच भिडन्त हुने भएको छ । दोहोरो पहेलो काड पाएपछि चर्च ब्वाइज यूनाइटेडका मौसा बेलो मैदान बाट वाहिरीएका थिए । आजको खेलको म्यान अफ दि म्याच आयोजक फिदिम स्पोटिङ क्लवका हेम गुरुङ घोषित भए ।
 
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्  । १६ औँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतीमा स्पोर्टीङले प्रत्येक वर्ष फाल्गुनन्द गोल्डकप आयोजना गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ