arrow

विहान साढे २ बजेसम्म कुन पार्टी कति ठाउँमा अगाडि ? प्रतिशतमा हेर्नुहोस्

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
prarambhik_matparinam.JPG

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लगभग १ सय ३५ वटै स्थानीय तहमा मतगणना सुरु भईसकेको छ । अहिले हामीलाई प्राप्त तथ्यांकका अनुसार १०० स्थानीय तहमा प्रारम्भिक नतिजा समेत आउन थालिसकेको छ । सोमबार भएको स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रममा हामीलाई प्राप्त जानकारी अनुसार कूल १०० स्थानीय तहले प्रारम्भिक मत परिणाम सार्वजनिक गरिसकेका छन् । 

हाम्राकुरा डटकमको निर्वाचन विशेष डाटा सिस्टमका अनुसार अहिलेसम्म कूल ३९ नगरपालिकामा प्रारम्भिक नतिजा आईसकेको छ  । त्यसमा ६१ गाउँपालिकाको गरी कूल १०० स्थानीय तहको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो । 

जसमा सबैभन्दा धेरै स्थानीय तहमा काँग्रेसको अग्रता छ । कांग्रेस १२ नगरपालिका र १५ गाउँपालिका सहित कूल २७ स्थानीय तहमा अग्रता कायम राखेको छ यो प्रारम्भिक मत परिणाम आएको १०० स्थानीय तहको २७ प्रतिशत हो । काँग्रेससँग प्रतिस्पर्धामा रहेको संघीय समाजवादी फोरम ८ नगरपालिका १६ गाउँपालिका सहित २४ स्थानीय तहमा अगाडि छ । यो प्रारम्भिक मत परिणाम आएको १०० स्थानीय तहको २४ प्रतिशत हो ।

त्यस्तै, अहिलेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार माओवादी तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्र ७ नगरपालिका १३ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा अगाडि छ ।उसको यो अंक १८ प्रतिशत हो ।  

यस बाहेक एमाले ८ नगरपालिका र ६ गाउँपालिका सहित १३ स्थानीय तहमा, राजपा ३ नगरपालिका र ९ गाउँपालिका गरी कूल १२ स्थानीय तहमा अग्रता लिएको छ । लोकतान्त्रिक लोकतान्त्रिक फोरम १ नगरपालिका र एक गाउँपालिका गरी कूल ३ स्थानीय तहमा अगाडि छ । कूल स्थानीय तहको अंक नै एक सय मानिएकोले यी सबैको जति स्थानीय तहमा विजय हाँसिल गरिरहेका छन् त्यत्ति नै प्रतिशत हुन आउँछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ